काठमाडौँ । स्याङ्जा प्रहरीले सडक छेउमा अवैध उत्खनन् तथा ओसार–पसारमा संलग्न जेसीबी र ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले आज दिउँसो करिब १:३० बजे पुतलीबजार नगरपालिका–७ चौतारियाथरमा सडक छेउमा अवैध उत्खनन् भइरहेको भन्ने सूचनाका आधारमा कारबाही गरेको हो।
प्रहरीका अनुसार लु.१ क.२१९० नम्बरको जेसीबीले चुनढुङ्गा–ग्राभेल उत्खनन् गरी ग.१ त.४८७२ नम्बरको ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो।
प्रहरीले बरामद जेसीबी र ट्र्याक्टरसहित आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्