काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्