मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा


काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईन खोला पुल नजिक खसेको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन भरतपुरको समन्वयमा ईन्जिनियरको नेतृत्वमा रातभरै काम गरिँदै आएको छ। पहिरो हटाउने कार्यलाई सहज बनाउन बाढी बत्ती जडान गरी ६ वटा भारी उपकरण (मेसिनरी) प्रयोग गरिएको छ।

सडक डिभिजनका अनुसार, सडकको मुख्य भागमा खसेको माटो र ढुंगा प्रायः हटाइसकिएको छ भने अहिले पर्खालमा टाँसिएर रहेका बाँकी ढुंगा र माटो पूर्णरूपमा सफा गर्ने काम जारी छ।

उक्त काम सम्पन्न भएसँगै सडक दुबैतर्फ सञ्चालनमा ल्याइने जानकारी डिभिजनले दिएको छ। यात्रु तथा सवारी चालकहरूलाई संयमित र सुरक्षित यात्राका लागि अनुरोध गरिएको छ।