काठमाडौँ । देशका विभिन्न सडक खण्डमा खसेको पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ मा असार २४ गते परेको बाढीले पुल बगाउँदा नेपाल–चीन नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। यसका कारण व्यापारिक तथा व्यक्तिगत सवारी साधन सञ्चालनमा समस्या परेको छ।
त्यसैगरी, कोशी राजमार्ग अन्तर्गत संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका ४ बरुण र मकालु गाउँपालिका ३ एकुवा क्षेत्रमा पनि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। अवरुद्ध सडकका कारण स्थानीयवासी र यात्रुहरू दैनिक आवागमनमा कठिनाइ भोगिरहेका छन्।
प्रहरी र स्थानीय प्रशासनले उद्धार र अवरुद्ध सडक सञ्चालनका लागि तत्काल पहल सुरु गरेको बताएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्