काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को भदौसम्म निर्जीवन बिमा कम्पनीहरूले ८ अर्बभन्दा बढी रुपैयाँ कुल बिमा शुल्क सङ्कलन गरेका छन् ।
सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको २ महिनामा कुल ४ लाख ३२ हजार ६९ ओटा बिमालेख जारी गरी कुल ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क सङ्कलन गरेको छ । कम्पनीले यस अवधिमा ८९ करोड ४४ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले ८४ करोड ८२ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७७ करोड ३३ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
यता हिमालयन एभरेष्ट इन्स्योरेन्स ७१ करोड १७ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीले ६८ करोड ७५ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
आइजिआई प्रुडेन्यिल इन्स्योरेन्स कम्पनीले ६२ करोड ९१ लाख, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ५९ करोड ५० लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छन्।
त्यसैगरि नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड १ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ५७ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
यता, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ४९ करोड ३७ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेशनल इन्स्योरेन्सले ३५ करोड २ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले ३२ करोड ३२ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । राष्ट्रिय बिमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्