काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख २१ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख २२ हजार ५०० रूपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले बढेर २ हजार ७४० रूपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्