काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक आइडी बनाई फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत समाचार वा पोष्टहरू फैलाइएको पाइएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
“प्रधानमन्त्रीसँग सम्बन्ध नभएको वा कार्यालयबाट जारी नगरिएको सूचना, पोष्ट वा अपडेटहरूमा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध छ। यस्ता झूटा पोष्टहरूलाई प्रचार नगर्न र स्रोतको विश्वसनीयता सुनिश्चित नगरी साझा नगर्न सबैमा विनम्र अपील गरिएको छ,” कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्