काठमाडौँ । हाल गण्डकी प्रदेशको पूर्वी भू-भागदेखि कोशी प्रदेशसम्मका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा गराउने मौसमी प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सरिरहेकोले ती क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ।
विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सतर्क रहन र आधिकारिक मौसमी सूचनाको पालना गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्