सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । छापावाल सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४०० रूपैयाँ कायम भएको छ ।

सोमबार प्रतितोला २ लाख ३३ हजार १०० रूपैयाँमा कारोबार भइरहेको सुनको मूल्य मंगलबार २ हजार ३०० रूपैयाँले बढेको हो ।

चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला २ हजार ९६० रूपैयाँमा कारोबार भइरहेको छ ।