जेनजी आन्दोलनमा आगजनी र लुटपाटमा गर्नेमाथि कारबाही हुन्छ: सञ्चारमन्त्री खरेल


काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले कारबाही हुने बताएका छन् । आईतवार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगका भेटमा सरकारले उक्त कुरा बताएका हुन् ।

“जेनजी आन्दोलनको क्रममा धनजनको क्षति भएको छ । पूर्वाधारहरुको क्षति भएको छ । पत्रकारहरु नै घाइते भएका छन् । सञ्चार माध्यामको कुरा गर्दा खण्डहरु जस्तो देखिएको छ । देशभर अरु धेरै क्षति भएको छ । त्यस हिसावले यसको क्षतिको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने कुरामा दुविधा नराख्दा हुन्छ,” उनले भने ।

मन्त्री खरेलले सरकारले जनतालाई अनुभूति हुने गरी सुशासनको क्षेत्रमा पनि काम गर्ने बताए । आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छोड्ने दृढता समेत व्याक्त गरेका छन् ।

६ महिनाको म्यान्डेटसहित बनेको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा देखिने गरी काम गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले सोहीअनुसार कामलाई अघि बढाएकाे दाबी गरे। 

उनले भने, “यो सरकार विशेष परिस्थितिमा आएको हो । यसको स्पष्ट मान्डेटहरु छन् । चुनाव फागुन २१ मा गर्नैपर्छ, गर्ने नै हो । यो सरकार यसमा स्पष्ट छ । दोस्रो कुरा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुराहरुमा यो ५/६ महिनाको अवधिमा जनतालाई अनुभुत गराउने गरेर काम शुरु भयो, अगाडि बढयो, काम देखियो भन्ने हिसावले त्यसको शुरुवात गर्ने हो ।”