आइतबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारअघि कात्तिक ३ गते २ लाख ५३ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तिहारपछि कात्तिक ९ गते आइतबार तोलामा ११ हजार ६०० रूपैयाँले घटेको हो ।

चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रूपैयाँ कायम भएको छ ।

तिहारमा सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ गतेदेखि कात्तिक ९ गतेसम्म मूल्य समायोजन गरेको थिएन ।