काठमाडौँ । टिमोर–लेस्टे आसियानको ११ औं सदस्य बनेको छ ।
मलेसियाको राजधानी क्वालालाम्पुरमा भएको ४७ औं आसियान शिखर सम्मेलनबाट टिमोर–लेस्टे आसियानको ११ औं सदस्य बनेको हो ।
टिमोर–लेस्टेका राष्ट्रपति जोसे रामोस–होर्टा र प्रधानमन्त्री जानना गुस्माओको उपस्थितिमा आसियानमा टिमोर–लेस्टे प्रवेश सम्बन्धी घोषणापत्रमा हस्ताक्षर भएको हो ।
दक्षिणपूर्वी एसियाको लेसर सुन्डा टापुहरूको पूर्वी भागमा रहेको टिमोर–लेस्टेले २०११ मा आसियान सदस्यताको लागि आवेदन दिएको थियो ।
नोभेम्बर २०२२ मा आसियान सदस्य राष्ट्रहरूले आसियान २०२५ को अध्यक्षता गर्ने मलेसियाले आईतबारदेखि मङ्गलबारसम्म ४७ औं आसियान शिखर सम्मेलन र सम्बन्धित शिखर सम्मेलन आयोजना गरेको छ ।
१९६७ मा स्थापित यस समूहमा ब्रुनाई, कम्बोडिया, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, भियतनाम र टिमोर–लेस्टे समावेश छन् ।



प्रतिक्रिया दिनुहोस्