बिहीबार सुनको मूल्य स्थिर


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला २ लाख ३६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार पनि सोही रकममा कारोबार भइरहेको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर २ हजार ९८० रूप्रैयाँमा कारोबार भइरहेको छ ।