काठमाण्डौ । नेपालमा अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो संख्या यस वर्षको सबैभन्दा बढी मासिक आगमनमध्ये एक हो।
पर्यटन बोर्डका अनुसार उक्त अवधिमा दक्षिण एशियाबाट २९ हजार ६० जना, एशियाका अन्य देशबाट २३ हजार १२७ जना, यूरोपबाट ४० हजार ५०० जना, ओसियानाबाट ६ हजार ८१४ जना, अमेरिकाबाट १६ हजार ४०७ जना, मध्यपूर्वबाट ३ हजार ५४८ जना, अफ्रिकाबाट ४४३ जना र अन्य देशबाट ८ हजार ४४४ जना पर्यटक नेपाल आएका छन्।
अक्टोबरमा नेपाल भ्रमण गर्न आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट १७ हजार २९८ जना रहेका छन्। त्यसपछि अमेरिका (१३ हजार २८६), बेलायत (८ हजार ७१८), चीन )६ हजार ७५५), जर्मनी (६ हजार ३६६), अष्ट्रेलिया (६ हजार १७७), श्रीलङ्का (५ हजार ५३५), फ्रान्स (५ हजार ४५), बङ्गलादेश (४ हजार ६४१) र म्यानमार (३ हजार ३८) पर्यटक रहेका छन्।
जनवरीदेखि अक्टोबर महिनासम्मको अवधिमा ९ लाख ४३ हजार ७१६ जना विदेशी पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा ९ लाख ४१ हजार २४ विदेशी पर्यटक नेपाल आएका थिए ।
अक्टोबर महिना हिमाल आरोहण, पदयात्रा र चाडपर्वका कारण नेपालमा पर्यटक आगमनका दृष्टिले मुख्य सिजन मानिन्छ।
दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट २९ हजार ६० अर्थात २२.६ प्रतिशत पर्यटक नेपाल आएका छन् । एसियाली देशहरूबाट २३ हजार १२७ अर्थात १८ प्रतिशत, युरोपबाट ४० हजार ६०० अर्थात ३१.६ प्रतिशत, आसियाना क्षेत्रबाट ६ हजार ८१४ अर्थात ५.३ प्रतिशत, अमेरिकी क्षेत्रबाट १६ हजार ४०७ अर्थात १२.८ प्रतिशत, मध्यपूर्वी देश क्षेत्रबाट ३ हजार ५४८ अर्थात २.८ प्रतिशत, अफ्रिकाबाट ४४३ अर्थात ०.३ प्रतिशत र अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक अर्थात ६.६ प्रतिशत पर्यटक नेपाल आएका हुन् ।
पर्यटन बोर्डका अधिकारीहरूका अनुसार पछिल्ला महिनाहरूमा पर्यटक आगमनमा लगातार वृद्धि देखिनु नेपालको आन्तरिक स्थायित्व, सहज मौसम र पर्वको माहोलका कारण भएको हो।



प्रतिक्रिया दिनुहोस्