घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ३७ हजार २०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर २ हजार ९९० रूपैयाँमा कारोबार भइरहेको छ ।