काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकै दिन तिन कम्पनीको सेयर सूचिकृत भएको छ ।
सोमबार (हिजो) साइन रेसुंगा विकास बैंकको ऋणपत्र, स्वस्तिक लघुवित्त तथा वित्तीय संस्था र बन्दिपुर केबलकार एण्ड टुरिज्म कम्पनी लिमिटेडको सेयर सुचिकृति भएको नेप्सेले जनाएको छ ।
साइन रेसुंगा बैंकको १० लाख युनिट ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत १ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधि रहेको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गरेको थियो ।
स्वस्तिक लघुवित्तको ५ लाख ७७ हजार ५ सय कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ लाख ३१ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता सेयर गरी कुल ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै बन्दिपुर केबलकारको २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता सेयर गरी कुल २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।



प्रतिक्रिया दिनुहोस्