बुधबार नेप्सेमा २० अंकको गिरावट


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार सेयर मापक परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एउटा उपसमुहको सेयरमूल्य बढेको छ भने अन्य १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार एनआरएन इन्फ्रास्टक्टर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनकिो ४० करोड ३४ लाख बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सागर डिस्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी द्वै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज दरमखोला हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.७२ प्रतिशतले घटेको छ ।

कुल ३२१ कम्पनीको ८४ लाख ४ हजार ६ सय १६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।