सोमानी सेरामिक्सले पारस खड्कालाई गर्‍यो ब्रान्ड एम्बेस्डरमा नियुक्त


काठमाडौँ । नेपालका प्रमुख टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ।

यो सहकार्यले कम्पनीलाई नेपाली उपभोक्तासँगको सम्बन्ध अझ सुदृढ बनाउने र बजारमा आफ्नो अग्रणी स्थान कायम राख्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

सोमानी सेरामिक्सका सहअध्यक्ष सुजित मोहन्तीले खड्काकाे लगनशीलता र उत्कृष्टताको यात्राले ब्रान्डको नवीनता र नेतृत्वको सिद्धान्तसँग मेल खाने बताए। उनले भने, “पारसको विश्वसनीयता र मानिसहरूसँगको निकटता हाम्रो गुणस्तर, डिजाइन र विश्वासका मूल्यलाई अझ बलियो बनाउनेछ। यो सहकार्य केवल साझेदारी मात्र होइन, अग्रणी व्यक्तित्व र अग्रणी कम्पनीको मिलन हो, जसले सुन्दर भविष्य निर्माणका लागि प्रेरणा दिनेछ।”

कम्पनीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस खड्काको लोकप्रियता र बहुप्रतिभालाई स्मरण गर्दै भने, “उहाँ केवल खेलमैदानमा होइन, आफ्नो इमानदारी र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय हुनुहुन्छ। त्यसैले उहाँ सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरू प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व हुनुहुन्छ।”

पारस खड्काले पनि यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै भने, “म आफ्नो जीवनमा लिएका मूल्य जस्तै उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी छु। सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीय र प्रिमियम ब्रान्ड हो, र म व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको छु।”