काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा १० ओटा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने १० ओटाले असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.०४ प्रतिशत कायम भएको छ ।
मंसिर महिनाको लागि नबिल बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, प्राइम कर्मशियल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआईशी एसिया बैंक, सानिमा बैंक, कुमारी बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर घटाएका छन् ।
नबिल बैंक ४.७५ प्रतिशत, सिटिजन्स बैंकले ४.७५ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकले ४.७ प्रतिशत, प्राइम कर्मशियल बैंकले ४.७५ प्रतिशत, हिमालयन बैंकले ५.५ प्रतिशत, सिद्धार्थ बैंकले ५ प्रतिशत, एनआईशी एसिया बैंकले ५ प्रतिशत, सानिमा बैंकले ५ प्रतिशत, कुमारी बैंकले ४.९१ प्रतिशत र नेपाल एसबिआई बैंकल ४.८ प्रतिशत ब्याजदर तोकेका छन् ।
यस्तै, नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, माछापुच्छ«े बैंक, लक्ष्मी सनराइज बैक र एभरेष्ट बैंकको ब्याजदर स्थिर रहेको छ ।
नेपाल बैंकले ५.२५ प्रतिशत, कृषि विकास बैंकले ४.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत, प्रभु बैंकले ४.९५ प्रतिशत, ग्लोबल आईएमई बैंकले ६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत, एनएमबी बैंकले ५ प्रतिशत, माछापुच्छ«े बैंकले ५ प्रतिशत, लक्ष्मी सनराइज बैकले ५ प्रतिशत र एभरेष्ट बैंकले ५ प्रतिशत असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्