काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार साहस उर्जाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्