५ अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार बरुण हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ४० लाख ४४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज ८ ओटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आजको दिन नेप्सेमा माबिलुङ इनर्जी, दरमखाृेला हाइड्रोपावर, सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुङ्गल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ६.०३ प्रतिशतले घटेको छ ।

कुल ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।