काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ।
आइतबार काठमाडौँमा आयोजित विशेष समारोहमार्फत डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकता भएपछि नयाँ पार्टी सार्वजनिक गरिएको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराईले पार्टीको नाम औपचारिक घोषणा गरेका हुन्। नयाँ पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ। नेतृ दुर्गा सोवको नाममा पार्टीको दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ।
प्रगतिशील समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा लिएको यस पार्टीले ‘आँखा’ चुनाव चिन्ह अपनाएको छ। पार्टी समावेशी नेतृत्व र सामूहिक भावनासहित अघि बढ्ने सन्तोष परियारले बताए।



प्रतिक्रिया दिनुहोस्