मंसिर १२ मा माईतीघरमा जेनजीको कार्यक्रमः उपस्थितिका लागि सरकारका सबै मन्त्रीलाई निम्तो


काठमाडाैँ । जेन–जी २.० राष्ट्रिय अभियानले शहीदहरुको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ । 
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो ।

उनीहरुले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, उर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् । सरकारका प्रतिनिधिहरुको उपस्थितिले युवाहरुको मनोबल बढाउने, शहीदको सपनामा सरकारको प्रतिवद्धता झल्काउने उनीहरूको ठहर छ ।

कार्यक्रममा सरकारका सबै मन्त्रीहरुलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ । २३ गतेको घटनाका दोषीहरुलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरूले बताए । २३ गतेका अपराधीहरुलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरुलाई समात्न आग्रह गरेको बताएका छन् । जेन–जी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरुको दाबी छ ।