काठमाडाैँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण सुरू गरेको छ ।
प्राधिकरणले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरी दर्ता प्रक्रियाको थालनी गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने कार्य शुभारम्भ गरिएको जानकारी दिए ।
उनकाअनुसार वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता हुनुपर्नेछ । उनले सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणलाई व्यवस्थित बनाउनको लागि दर्ता अभिलेखीकरण सुरू गरिएको बताए।
सहकारीहरू यसअघि नै सरकारको कुनै न कुनै निकायमा दर्ता रहेको भएपनि प्राधिकरणले डकुमेन्टेसनका लागि प्राधिकरणले दर्ता अभिलेखीकरण गर्न लागेको बताए।
प्राधिकरणले कुल सम्पत्र् िवा कुल पुँजी तथा दायित्वका आधारमा संस्थाको वर्गिकरण गरी सञ्चालन इजाजतपत्र दस्तुर तोकेको छ । सहकारीहरूले १ हजारदेखि १५ हजार रुपैयाँसम्म इजाजतपत्र दस्तुर तिर्नुपर्ने हुन्छ । उक्त इजाजतपत्र प्रत्येक वर्षको श्रावण मसान्तभित्र नविकरण समेत गर्नुपर्ने व्यवस्था दर्ता अभिलेखीकरण मापदण्डले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्