काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ४८ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ५० हजार ६०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले बढेर ३ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्