प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले खोज्यो सिइओ, पारिश्रमिक वार्षिक १.२५ करोड रुपैयाँ


काठमाडौँ । प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आव्हान गरेको छ ।

उत्पादन, लगानी तथा सेवामा केन्द्रित पब्लिक कम्पनी प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले सिइओ खोजेको हो ।

खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागेको कम्पनीले तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरूबाट आगामी पुस १ गतेभित्र दरखास्त पेश गर्न आह्वान गरेको हो ।

दरखास्त फारमका साथमा आफ्नी अद्यावधिक बायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर, तालिम तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपिका साथ आफ्नो सम्पर्क फोन नं. लेखि पेश गर्नु पर्नेछ ।

पदपूर्ति समितिको प्रारम्भिक छनौटमा परेका आवेदकहरूलाई अन्तरवार्ता तथा प्रस्तुतिकरणको लागि जानकारी गराईने कम्पनीले जनाएको छ ।

४५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् ।

पदको सेवा सुविधा पारिश्रमिक आर्पास सहमतिमा वा यस पदको लागि कर सहित अधिकतम वार्षिक १.२५ करोडको पारिश्रमिकको प्याकेज तय गरिनेछ कम्पनीले जनाएको छ ।