काठमाडौँ । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिए पनि उच्च हिमाली भू–भागमा हल्का परिवर्तन हुने सम्भावना छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अन्य प्रदेशमा भने मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
बाँकी भू–भागमा आंशिक बदली मात्र रहनेछ। साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञहरूको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्