हितेन्द्रदेव शाक्यको पक्षमा परमादेश,प्राधिकरणकाे कार्यकारी निर्देशकमा फर्किने


काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यको पक्षमा आदेश जारी गरेको छ ।

सरकारले आफूलाई कार्यकाल पुरा नहुँदै हटाएको भन्दै शाक्य सर्वोच्च अदालत पुगेका थिए । डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यकाे पक्षमा परादेश जारी गरेकाे हाे ।

अदालतको आदेशले जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए ।

यसका विरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए ।

शाक्यले आफ्नो पक्षमा रिट जारी भएको जानकारी पाएको बताए । उनले टक्सार न्यजुसँग भने “आदेश भोली प्राप्त होला । यसपछि प्राधिकरण जान्छु ।”

सर्वाेच्चकाे आदेशले मन्त्री घिसिङलाई धक्का लागेको छ ।

सरकारले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा पठाएर मनाेज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेकाे थियाे ।