मंगलबार झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ७५ करोड रूपैयाँ बढीकाे काराेबार


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजारमा झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार न्याग्दी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ९२ लाख ६ हजार रूपैयाँ बढिको कारोबार भएको छ ।

मंगलबार ३ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको दिन स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक इन्डष्ट्रि र माथिल्लो मैलुङ खोला जलविद्युत्का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज हिमस्टार उर्जाका लगानीकर्तारूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ३.८८ प्रतिशतले घटेको छ ।

कुल ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँ बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।