प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षका लागि दरखास्त खुल्याे


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को उपाध्यक्षका लागि दरखास्त खुलेको छ ।

नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

आजदेखि सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन सकिनेछ ।
उपाध्यक्षका लागि विभिन्न योग्यता तोकिएको छ ।