झिनो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९.०३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार श्रीनगर एग्रीटेक इन्डष्ट्रीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ३९ लाख ४२ हजार रूपैयाँ बढिको कारोबार भएको छ ।

बुधबार ३ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको दिन स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज झापा इनर्जीका लगानीकर्तारूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ९.३० प्रतिशतले घटेको छ ।

कुल ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।