काठमाडौंँ । चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको उक्त लाभांश घोषणा दिने प्रस्ताव गरेको हो ।
बैठकले आव २०८१र८२ का लागि वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको छ ।
आगामी वार्षिक साधारण सभाले प्रस्तावित बोनस सेयर पारित गरेपछि सेयरधनीलाई वितरण गरिने छ । त्यस्तै कम्पनीले हाल कायम हुने चुक्ता पूँजीको १ बरावर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । जुन एजेण्डा साधारण सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको प्रबन्धपत्रको दफा ६ को कम्पनीको पूँजी संरचना संसोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरूबाट थप सुझाव वा हेरफेर वासंशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने गरी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, संचालक समितिका सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा र प्रभु बैकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गरिनेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्