काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ७८ लाख ५० हजार रूपैयाँ बढिको कारोबार भएको छ ।
बुधबार २ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको दिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बाराही हाइड्रोपावरका लगानीकर्तारूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्