आजका लागि विदेशी मुद्राको विनिमयदर तय, अमेरिकी डलरको भाउ बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेर अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा थियो ।

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८० रुपैयाँ ४६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २७ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ३७ पैसा तय गरिएको राष्ट्र बैँकले जनाएको छ ।