काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरू, प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपतिबीच छलफल शुरु भएको छ ।
राष्ट्रपतिको कार्यालयकाअनुसार छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी रहेका छन् ।
यो छलफल हालको राजनीतिक परिस्थिति, अन्तरिम सरकारको कार्यप्रगति र आगामी निर्वाचन तयारीलगायतका विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।
गत भदौमा भएको आन्दोलनपछि अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले मार्च २०२६ मा निर्वाचन गराउने तयारी गरिरहेको सन्दर्भमा यो भेटलाई महत्वपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्