काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार नेप्सेमा एसवाई प्यानलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ९८ लाख १७ हजार रूपैयाँ बढिको कारोबार भएको हो ।
आजको दिन एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०१ प्रतिशतले बढेको छ।
आज सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.९७ प्रतिशतले घटेको छ ।
कुल ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्