काठमाडाैँ । नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधानका लागि सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधि केही दिनका लागि फिल्डमा पठाउने प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यसम्पादन समितिको बैठकमा उहाँले १५औँ महाधिवेशनको कार्यतालिका प्रभावित गर्ने उद्देश्यले केही जिल्लामा बद्नियतका साथ क्रियाशीलताको काम रोकिएको बताए। यस्तो विवाद सिर्जना गर्ने जिल्लामा केन्द्रबाट प्रतिनिधि पठाएर समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो।
महामन्त्री थापाले स्पष्ट पार्नुभयो कि विवाद समाधान नभएका क्षेत्रमा पुरानो क्रियाशीलताको आधारमा संगठनात्मक काम अगाडि बढाइनेछ। विवाद सिर्जना गरेर महाधिवेशन प्रभावित गर्ने जिल्लामा महाधिवेशनमा सहभागि हुन नपाउने कारबाही गर्न सकिने प्रस्ताव पनि उनले राखे ।
उनले भने,“क्रियाशील सदस्यताको विषयमा धेरै ठाउँमा विवाद छन्। केही जिल्लामा बद्नियतका साथ क्रियाशील काम रोकिएको छ। यसलाई लिएर मैले सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमा पठाउने प्रस्ताव राखेको छु। प्रतिनिधिले विधानले दिएको अधिकार प्रयोग गरेर विवाद टुंग्याउनेछन्। समस्या समाधान नभएको ठाउँमा पुरानो क्रियाशीलताका आधारमा काम अघि बढ्छ। विवाद खडा गर्ने जिल्लामा आवश्यक कारबाही हुनेछ।”
महाधिवेशनको कार्यतालिकामा आवश्यक सामान्य संशोधन गर्न सकिने भए पनि केन्द्रीय महाधिवेशनको मिति तलमाथि नहुने पनि उनले स्पष्ट पारे। उनले वडा अधिवेशन पुस १६ गतेको सट्टा पुस २१ गते, क्षेत्रीय अधिवेशन पुस २३ गते गरिने व्यवस्था राखेर केन्द्रीय महाधिवेशन तोकिएको मितिमा मात्र हुने जानकारी दिए ।
यसैबिच, महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएको भए पनि आफूले शक्ति अभ्यास गरिरहेको प्रति आपत्ति व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्