काठमाडौँ । नेपाल राष्ट्र बैंकले बोलकबोल मार्फत २५ अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ नाम रहेको उक्त ऋणपत्र एक वर्ष अवधिको रहने जनाएको छ ।
२०८२ पुस १४ गते निष्काशन भएको ऋणपत्रको ब्याजदर निर्धांरण बोलकबोलको माध्यमबाट हुनेछ । यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ पुष १४ गते भुक्तानी गर्ने जनाएको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गर्ने उल्लेख गरिएको छ ।
ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।
ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो (इन्भेष्मेन्ट पोर्टफोलियो) हुने भएकोले सो रकमलाई
अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात (स्टाचुअरी लिक्विडिटी रेसियो) र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिन उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्