काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही पुस २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।
जसअन्तर्गत पहिलोचरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी ९साविकको नवलपरासी जिल्ला० र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरुलाई जारी पाजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रकमबराबरको १०० रुपैयाँ अंकित दरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गरी बिक्री वितरण गरिने छ र बाँकी १५ प्रतिशत अर्थात ५६ करोड २५ लाख रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरको ५६ लाख २५ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित नियकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि सार्वजनिक निष्काशन गरिनेछ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुका लागि छुट्टाइएको सयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारणमा निष्काशन गरिने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ ।



प्रतिक्रिया दिनुहोस्