जनमत संग्रहबारे निर्णय लिन सरकारले माग्यो आइतवारसम्मको समय


काठमाडाैँ । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमत संग्रहबारे निर्णय लिन सरकारले आगामी आइतवारसम्मको समय मागेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आइतवारसम्मको अल्टिमेटम दिएका हुन्। सरकारले आगामी आईतवारसम्म पनि आफूहरुका माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिए ।

उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताए । उनले सरकार जेन–जीका मागहरु त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने बताए। सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।

संयोजक प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए । आफूहरूले लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको बताए ।