सुन र चाँदीको भाउ बढ्यो,आज कतिमा कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा आज २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।