काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् ।
पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। केन्द्रिय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने उनको भनाइ छ ।
पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रवारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको उनकाे भनाइ छ ।
उनले पुस मसान्तभित्र हुने विषेश महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्ने समेत जिकिर गरे। उनले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्