काठमाडाैँ । नेकपा (एमाले) स्याङ्जा जिल्ला कमिटीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ।
जिल्ला कमिटीको बैठकबाट क्षेत्र नं. १ र क्षेत्र नं. २ का लागि सम्भावित उम्मेदवारहरूको नामावली केन्द्रमा पठाउने निर्णय गरिएको हो।
पार्टीका अनुसार क्षेत्र नं. १ तर्फ नारायण प्रसाद मरासिनी, सीमा कुमारी क्षेत्री, मीन प्रसाद गुरुङ, कुमारी टेक नेपाली, पिताम्बर खनाल (सुशील), ईश्वरी सिग्देल अर्याल, डा. बुद्धिमान श्रेष्ठ, महेन्द्र थापा मगर, दिपेन्द्र रेग्मी, ऋषि कंडेल, शोभियत ढकाल, खिम बहादुर थापा, खगिसरा थापा, भूपराज अधिकारी र किशोर विक्रम मल्ल सिफारिस सूचीमा परेका छन्।
त्यसैगरी क्षेत्र नं. २ बाट सूर्य प्रसाद गैहे (पारस), रामचन्द्र भट्टराई (आर.सी.), विश्वनाथ अर्याल, मोहन रेग्मी, नॉसिर खाँ र उदय श्रेष्ठको नाम सिफारिस गरिएको छ।
एमाले स्याङ्जा जिल्ला कमिटीले संगठन सुदृढीकरण, स्थानीय जनआधार र राजनीतिक योगदानका आधारमा उमेदवार सिफारिस गरिएको जनाएको छ। सिफारिस सूची केन्द्रमा पठाइसकिएको र अन्तिम निर्णय पार्टी केन्द्रीय नेतृत्वबाट हुने जिल्ला कमिटीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्