काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ ।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव महेश बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजेन्द्र राजथला र अनिल श्रेष्ठले दाबी गरे पनि बस्नेतको नाम एकल सिफारिस भएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ यही माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्