काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ६० हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १८५ रूपैयाँले बढेर ४ हजार ६८५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्