काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ उपसमुहको सेयरमूल्य घटेको छ ।
विहीबार नेप्सेमा एसवाई प्यालनको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ६ लाख ३२ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज सान्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य ८.१६ प्रतिशतले बढेको छ ।
आज सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य ३.९० प्रतिशतले घटेको छ ।
कुल ३२८ कम्पनीको एक करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्