काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनन्दा वाटर कम्पनीको प्रशोधित पिउने पानी फिर्ता गर्ने आदेश जारी गरेको छ।
बजार अनुगमनका क्रममा सङ्कलित नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त पानी न्यूनस्तरको भएको पुष्टि भएको विभागले जनाएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) अनुसार उक्त ब्याच नं. ६१ का सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न र बिक्रि वितरण नगर्न आदेश दिएको हो।
उक्त पानीको उत्पादन मिति नोभेम्बर २०२५ रहेको र उपभोग्य मिति तीन महिना तोकिएको छ। उत्पादन बानन्द ड्रिङ्किग वाटर उद्योग, गुलरिया चर्दिया -०५, द्वारा गरिएको हो। विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले उपभोक्तालाई सचेत रहन र उक्त ब्याचको पानी प्रयोग नगर्न आग्रह गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्