काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
पश्चिम रूकुममा आज भएको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू रूकुम पूर्वबाट चुनाव लड्ने निश्चितजस्तै भएको घोषणा गरेका हुन् ।
“हुनसक्छ म अहिलेको चुनाव म रूकुमैबाट लड्छु । त्यो यही रूकुम भन्ने नठान्नुहोला । पूर्वी रूकुम आउने करिब निश्चित भएको छ ।”
उनले पूर्वी रूकुम आउने भनेको पश्चिम रूकुम पनि आउने जस्तै भएको बताए ।
रूकुम पश्चिम जनार्दन शर्माको गृहजिल्ला हो । जनार्दनले नेकपा एकताबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् प्रचण्ड रूकुम पूर्वबाट पनि उम्मेदवार सिफारिस भएका छन् ।


प्रतिक्रिया दिनुहोस्