नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि,दर्ता शुल्क एक हजार रुपैयाँ


काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

विशेष महाधिवेशनमा सहभागीहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि सुरू हुने संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन् ।

महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका लागि भृकुटीमण्डपको गेट नजिकै स्टल राखिएको छ ।

प्रतिनिधिलाई दर्ता शुल्क एक हजार रूपैयाँ तोकिएको दोश्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक आचार्यले जानकारी दिए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा विशेष महाधिवेशन हुन लागेको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनका लागि पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई भने अस्वीकार गर्दै आएको छ ।