काठमाडाैँ । आज पृथ्वी जयन्ती तथा ३०४ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् ।
आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उहाँको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।
यसै अबसरमा थर्डपोल ग्रुपद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा उनको स्मरण गरेका छन् । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनाराणसँगै जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरी पुगेर त्यहाँस्थित पृथ्वीनारायणको शालिकसामु रचना बाचन गरी कविहरूले उहाँप्रति श्रद्धाभाव प्रकट गरेका हुन् ।
कार्यक्रमममा ईतिहासकार तथा सस्कृतिविद् दिनेशराज पन्तले पृथ्वीनारायण शाह र ऐतिहासिक चन्द्रागिरि डाँडाको सम्बन्धबारे ऐतिहासिक तथ्यहरु प्रस्तुत गरेका थिए।
यसैगरी करिव एवं गीतकार एस्पी कोईराला, दिनेश अधिकारी , डा राजुवाबु श्रेष्ठ ,कविहरु प्रद्युम्न जोशी ,मणि लोहनी,प्रभाती किरण ,नारायण निरासी, हेम प्रभास,एलिशा ढुंगाना, अनिता कोईराला , कृष्ण बञ्जाडे र दिनेश परियारले आफ्ना सिर्जनाहरूमार्फत् नेपालको इतिहास र वर्तमानको व्याख्या गर्दै मुलुक निर्माणको महत्व र राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहको योगदान र बलिदानको स्मरण गरे।
उनीहरूका सिर्जनामा नेपालीहरूलाई नेपाली बनाएर विश्वभर चिनाउने युगपुरूष पृथ्वीनारायण शाहको हामी सबैले उच्च सम्मान गर्नुपर्ने भाव रहेको थियो ।
त्यस अवसरमा चन्द्रागिरी हिल्सका मानव संशाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको चन्द्रागिरीमा उनको शालिक निर्माण गरेर इतिहासलाई जिवन्त राख्ने प्रयास गरिएको बताए । राष्ट्रिय एकता दिवसको अवसरमा प्रत्येक वर्ष चन्द्रागिरीमा रहेको पूर्णकदको प्रतिमा अगाडी कार्यक्रम हुदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्